जम्मू-कश्मीर हमलामा फेरि मारिए मेजरसहित ४ भारतीय सैनिक

जम्मू-कश्मीर हमलामा फेरि मारिए मेजरसहित ४ भारतीय सैनिक


जम्मू – भारत जम्मू-कश्मीरको पुलवा जिल्लामा भएको चरपन्थी आक्रमणमा सिआरपिएफका ४६ जवानको निधन भएपछि भारतीय सुरक्षाकर्मीले सो क्षेत्रमा चरमपन्थीविरुद्ध कारवाही अभियान चलाएको छ । पिङ्गलान क्षेत्रमा लडाकु लुकेको भन्ने सूचना प्राप्त गरेपछि भारतीय सेनाले सो क्षेत्रमा सर्च गरेको थियो ।

यस क्रममा सुरक्षाकर्मीले इनकाउन्टर अभियान चलाएका छन् । पुलवाको पिङ्गलान क्षेत्रमा सोमबार सेनाले गरेको कारवाही अभियानको क्रममा आर्मीका चारजनाको निधन भएको छ । यसरी निधन हुनेमा एक मेजर पनि रहेका छन् ।

सर्चको क्रममा लडाकुहरुले गोली चलाउन सुरु गरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन् । जसमा चारजना सैनिक मारिएका छन् भने एक जना गम्भीर घाइते भएको समाचार छ ।यसअघि गत विहीवार पाकिस्तानमा शरण लिएर बसेका आतंकवादीले गरेको हमलामा परी भारतीय ४४ बढी शुरक्षाकर्मीको ज्यान गएको थियो ।घटनापछि आक्रोशित भारतले पाकिस्तानसँग बदला लिने चेतावनी दिइरहँदा पूनः आतंकवादीले गरेको हमलामा परी आज भारतीय सैनिक मारिएका हुन् ।

हमलाको क्रममा विहान तीन लडाकु पनि घेरामा परेका थिए । भारतीय सैनिकले अहिले त्यस क्षेत्रमा सर्च अपरेसन जारी राखेको छ । अहिले सो इलाकालाई घेरेर त्यहाँका स्थानीयलाई बाहिर निकालिएको छ । पुलवामा आतंककारी हमलाका मास्टरमाईण्ड गाजी समेत यही इलाकामा रहेको सूचना आएपछि अहिले सेनाको टोली सर्च अप्रेसनमा छ । इनकाउण्टरमा घाइते भएका सैनिकलाई त्यहाँबाट निकालेर श्रीनगर सैनिक अस्पतालमा उपचारार्थ भर्ती गराईएको समाचार छ ।