जम्मू-कश्मिरमा फेरी आतंकवादी हमला, भारतीय सेनाका मेजर चित्रेशको ज्यान गयो


एजेन्सी – भारतको जम्मू-कश्मीर पलुवा जिल्लामा बिहीबार चरपन्थीले गरेको आक्रमणको दुई दिनपछि जम्मु-कश्मिर र पाकिस्तान सिमा नजिक शनिबार भएको बम विष्फोटमा भारतीय सेनाका एक मेजरको मृत्यु भएको छ ।

सुरक्षाकर्मीको गाडिमा भएको आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्धमा थप केहि समस्या देखिएको छ । जम्मू-कश्मीरको पुलवा जिल्ला लेथपोरा नजिक श्रीनगर–जम्मू राजमार्गमा सिआरपिएफका जवान सवार गाडीमा आक्रमण भएको थियो ।

रक्षा प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्दर आनन्दलेका अनुसार राजौरीको नौशेरा सेक्टर भएको घटनामा सेनाका मेजर चित्रेश बिष्टको मृत्यु भएको पुष्टी गरे। प्रवक्ता आनन्दका अनुसार शनिबार दिउँसो तीन बजेतिर मेजर नियमित गस्तीमा थिए।

त्यतिबेला उनले भर्खरै खनेको माटो देखे। उनले तत्काल जमिनको तलासी लिन थाले, अचानक त्यहाँ विस्फोट भयो। त्यहाँ विस्फोटक पदार्थ राखिएको थियो। उनकासाथ रहेका अर्का एक जवान गम्भीर घाइते भएका छन्। उनको उपचार भैरहेको छ।

गत बिहीबार भारतीय सुरक्षाकर्मीमाथि भएको आत्मघाती आक्रमणमा परी ४६ जना भारतीय अर्धसैनिक बलका जवानको निधन भएको थियो। आफ्ना सुरक्षा कर्मीमाथि आक्रमण पाकिस्तानले गरेको भारतको आरोप छ भने पाकिस्तानले आफूहरुको त्यस्तै निती नभएको र आफूहरु सधै शान्तिको पक्षमा रहेको प्रष्टिकरण दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement