जम्मू-कश्मीर मामिला :श्रीनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप


कठमाडौं – भारत प्रशासित जम्मू-कश्मीर राज्यलाई दिइएको विशेष संवैधानिक मान्यता भारत सरकारले अन्त्य गरिदिएपछि कश्मीरमा लगातार झडप हुंदै आएको छ ।  जम्मू–कश्मीरको श्रीनगरमा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच झडप भएको हो ।

सोउरा नजिकै शुक्रबारको विशेष नमाजपछि सयौँ मानिसले प्रदर्शन गरेका थिए । त्यसक्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगा प्रहार गरेपछि प्रदर्शनले हिंसात्मक रुप लिएको हो । सुरक्षाकर्मीले अश्रुग्यास र रबरको गोली प्रहार गरेको बताइएको छ ।

घटनामा कम्तिमा दुईजना घाइते भएका छन् । भारत सरकारले अगस्ट ५ मा संविधानमा रहेको धारा ३७० निष्प्रभावित घोषित गर्दै जम्मू–कश्मीरले पाउँदै आएको विशेष राज्यको दर्जा खोसेपछि सो क्षेत्रमा तनावको अवस्था छ ।

सरकारले सो क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा अधिकांश रुपमा बन्द गरेका छ । ल्याण्डलाइन टेलिफोन भने आंशिक रुपमा सञ्चालनमा आएका छन् ।शुक्रबार भएको प्रदर्शनमा घाइते भएकाहरुको यकिन संख्या खुलेको छैन । रबरको गोली लागेर घाइते भएका धेरै प्रदर्शनकारी पक्राउ पर्ने भयले अस्पताल नगएको श्रीनगरमा रहेको बिबिसीका पत्रकाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement