जम्मू -कश्मीर भिडन्त,‘मुख्य योजनाकार’ अब्दुल रशीद गाजी मारिए


जम्मू – जम्मू-कश्मिरको पलुवा जिल्लामा सोमबार भएको एउटा भिडन्तमा चार सैनिक र दुई लडाकुहरुको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् ।

पलुवा जिल्लामा गत हप्ता भएको आतंकवादी आक्रमणका ‘मास्टरमाइन्ड’ (मूख्य याेजनाकार) अब्दुल रशीद गाजीसमेत अर्का एक सन्दिग्ध पनि सो घटनामा मारिएको भारतीय सैनिक सूत्रले दाबी गरेको छ। भारतीय सेना र अर्धसैन्य बलहरूले सो स्थानमा संयुक्त सुरक्षा कारबाही गरेको प्रहरीले जनाएको छ। लडाकुहरू लुकेर बसेको सूचना पाएपछि सेनाले कारबाही गर्दा उनीहरूले गोली हानेको बताइएको छ।

पुलवामा आक्रमणपछि भारतीय सेनाले गरेको कारवाहीमा तीन जना चरमपन्थी मारिएको र त्यस मध्य ‘मास्टरमाइन्ड’ गाजी पनि रहेको दाबी गरिएको छ ।सो घटनामा लडाकुहरू लुकेर बसेको घरका मालिकको पनि मृत्यु भयो।

 बिहीवार भारतीय अर्धसैनिक बल सीआरपीएफको गाडीलाई लक्ष्य गरेर भएको विस्फोटनमा ४६ जनाको मृत्यु भएको थियो।

सुरक्षाकर्मीहरूको संयुक्त टोलीले सो घटनामा संलग्न लडाकु खोज्न एउटा अभियान नै सुरु गरेको छ। गाजी फेब्रुअरी १४ मा भएको आक्रमणका मूख्य याेजनाकार रहेको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् । जवाफी कारबाहीमा एक मेजरसमेत ४ जना भारतीय सुरक्षाकर्मीको पनि ज्यान गएको छ । गाजी अफगानिस्तानमा आतंकवादी गतिविधिमा संलग्न थिए । कश्मीरमा भएको आक्रमणपछि भारतले पाकिस्तानलाई एक्ल्याइदिने चेतावनी दिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement