कश्मीरमा सुरक्षा कडाई : श्रीनगरमा इदको दिन सबै मस्जिदहरू बन्द


एजेन्सी – आज मुस्लिम धर्मावलम्बीहरुको महान चाड इद विश्वभर धुमधामका साथ मनाईंदै छ । भारतको एकमात्र मुस्लिम बहुल राज्य जम्मु कस्मिरमा एक सातादेखि प्रशासनले गरेको प्रतिबन्ध खुकुलो हुने अपेक्षा गरिएको थियो, तर सुरक्षा व्यवस्था झन कडा बनाइएको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मानिसहरूको आवातजावातलाई निगरानीमा राख्दै प्रशासनले आइतबार साँझदेखि जम्मु कस्मिरमा सुरक्षा व्यवस्था कडा पारेको छ । श्रीनगरका अधिकांश मुख्य मस्जिदहरू बन्द गरिएका छन् । मानिसहरूले छिमेकमा रहेका साना मस्जिदमा गएर प्रार्थना गरेका छन् ।

नजरबन्दमा रहेका पूर्वमुख्यमन्त्रीहरू ओमार अब्दुल्ला र मेहबुबा मुफ्तीलाई नजिकैको मस्जिदमा जान अनुमति दिइएको अधिकारीहरूले जनाएका छन् । सरकारी समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डियाले इदका लागि डेलिभरी भ्यानले सब्जी, तरकारी, कुखुराको मासु, अण्डालगायत सामग्री घर घरमा र्पुयाइहेको पिटिआईले जनाएको छ ।

जम्मु कस्मिरमा अघिल्लो आइतबारदेखि टेलिफोन, मोबाइल र इन्टरनेट बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement