जम्मु कश्मिर मामिला : संचार माध्यममा लगाएको अंकुसले धेरैको जिन्दगी बचेको छ


एजेन्सी – जम्मु कश्मिरका राज्यपाल सत्यपाल मलिकले जम्मु कस्मिरमा औषधि, खाध्यान्न लगायत आवश्यक बस्तुको कमि नभएको बताएका छन् ।

आइतबार अरुण जेट्लीलाई श्रद्धाञ्जली दिन दिल्ली पुगेका उनले संचार माध्यममा रोक लागएका कारण धेरैको जिन्दगी बचेको पनि बताए ।

राज्यमा कहिलेसम्म संचार माध्यममा प्रतिबन्ध हुन्छ भन्ने पत्रकारहरुको प्रश्नमा उनले भने, ‘संचार माध्यममा अन्कुस लगाएका कारण कयाैंको जिन्दगी बच्छन् भने यसमा के नोक्सान भयो ? भनेर उल्दै पत्रकारहरुलाई उल्टै प्रश्न तेर्साएका थिए ।

उनले अरुण जेट्लीलाई सम्झिदै आफुलाई जम्मु कश्मिरको राज्यपालको जिम्मेवारी लिनका लागि सल्लाह दिएको र यो ऐतिहासिक हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement