काठमाण्डु – निर्वाचन आयोगले नेपाल जन लोकतान्त्रिक पार्टी खारेज गरिदिएको छ ।
दर्ता नम्बर २४ मा दर्ता भएको दल खारेज गर्न निवेदन परेकाले खारेज गरिएको आयोगका एक अधिकारीले जानकारी दिए । यस्तै मौलिक जरोकिलो पार्टीको चुनाव चिह्न पनि खारेज भएको छ ।
नेपाल मातृभूमि पार्टी र जरो किलोको चुनाव चिह्न एउटै भएकाले जरो किलोलाई नयाँ चिन्हसहित आयोगमा १५ दिनभित्र आउन पत्राचार गरिएको बताइएको छ ।
दुबैको एउटै चिन्ह भएपछि पार्टी दर्ता पहिले भएकाले उक्त चुनाव चिन्ह मातृभूमिले पाएको छ । मातृभूमि पार्टीको बलिरहेको दियो चिह्न छ ।




प्रतिक्रिया