धनगढी– सार्वजनिक बिदाका दिन अनुमति नलिई सरकारी गाडी चलाएको भेटिएपछि सुदूरपश्चिम प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकीदेवी कुँवरले प्रयोग गर्ने सरकारी गाडीलाई ट्राफिक प्रहरीले जरिवाना गरेको छ ।
राज्यमन्त्री कुँवरले चढ्ने गरेको सुदूरपश्चिम प्रदेश ०१–००१झ०३९७ नम्बरको गाडीलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले पाँच सय रुपैयाँ जरिवाना गरेको हो ।
ट्राफिक प्रहरीका अनुसार गाडीमा राज्यमन्त्री कुँवर भने थिइनन् । चालकले अनुमति नलिई सरकारी गाडी चलाएको अवस्थामा प्रहरीले फेला पारेपछि कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले बताए ।
निषेधित समयमा सरकारी सवारीसाधन सञ्चालन गरेकाले पहिलोपटकका लागि पाँच सय रुपैयाँ जरिवाना गरिएको उनले उल्लेख गरे ।
कैलाली ट्राफिक प्रहरीले यसअघि हेलमेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहलाई निवासमै गएर चिट काटेको थियो ।




प्रतिक्रिया