जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, दुई पूर्वमन्त्री घाइते

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप, दुई पूर्वमन्त्री घाइते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर – जनकपुरमा प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

बन्द खुलाउने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य मातृका यादव र केन्द्रीय सदस्य रामचन्द्र झासहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन्।

नेता झाको टाउकोमा चोट लागेको छ । झडपका क्रममा केही गाडीमा समेत तोडफोडसमेत भएको छ ।  घाइतेहरुको अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रदर्शनका क्रममा प्रहरीले जुलुसको पछाडिबाट लाठी, अश्रुग्यास तथा ५० राउण्ड गोली चलाएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए । यसैगरी सहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया, कारी यादव, प्रदीप साह र प्रहरी जवान लालबाबु राई घाइते भएका छन् ।

यता प्रहरीले प्रचण्डनेपाल समूहका दर्जनौं कार्यकर्तालाई पक्राउ समेत गरेको छ।