जनकपुरसँग १ रनले हार्‍यो लुम्बिनी

जनकपुरसँग १ रनले हार्‍यो लुम्बिनी


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं खेलमा जनकपुर बोल्ट्सले चौथो जित निकालेको छ ।

लुम्बिनी लायन्सलाई १ रनले हराउँदै जनकपुरले जित हात पारेको हो ।

टीयू क्रिकेट मैदानमा जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १ बल बाँकी रहदा ८ बिकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले बनाएको ३५ रन नै सर्वाधिक रह्यो । टोम मोरिसले ३१ रन थपे भने अर्जुन साउद २० रन जोडे । अन्य खेलाडिले दोहोरो रन जोड्न सकेनन् ।

जनकपुरका लागि जनकपुरका हर्ष ठाकेरले ५, किशोर महतो, ललित राजवंशी र शेर मल्लले समान एक विकेट लिए

४ खेलबाट ८ अंक जोडेको जनकपुर अंकतालिकाको शीर्ष स्थानमा उक्लेको छ भने तीन खेल खेल्न बाँकी रहेको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर छ।