जनकपुरमा महिलामाथि एसिड प्रहार


धनुषा – जनकपुरमा एक महिलामाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरका सुवोध साहकी २६ वर्षीया छोरी आरती साहमाथि शनिबार बिहान  एक युवकले एसिड प्रहार गरेका हुन्।एसिड प्रहार गरेको आरोपमा एक युवक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

आरतीको उपचार अहिले जानकी हेल्थकेयरमा भइरहेको  छ,भने एसिड आक्रमण गर्ने व्यक्ति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।  एसिड प्रहार गर्ने व्यक्तिबारे अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement