काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत तेस्रो संस्करणको तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको हो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार छक्का प्रहार गरे। पवन सर्राफले ३७ रन जोड्ने क्रममा ३७ बलमा तीन छक्का प्रहार गरे।
त्यस्तै, दीपक डुम्रेले पाँच बलमा दुई छक्कासहित १३ रन बनाए भने गुलशन झाले नौ बलमा एक चौका र एक छक्काको मद्दतमा १२ रन जोडे। नन्दन यादवले १२ बलमा नौ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीले सुरुवातदेखि नै नियमित अन्तरालमा विकेट गुमाएको थियो। टोलीले पहिलो विकेटका रूपमा मार्क वाटलाई चार रनमा गुमायो। दीपक डुम्रे १८ रनको अवस्थामा दोस्रो विकेटका रूपमा आउट भए। त्यसपछि हुसेन तलत तीन रन बनाएर पवेलियन फर्किए।
अरिफुल र पवनले चौथो विकेटका लागि महत्त्वपूर्ण साझेदारी गर्दै टोलीको स्कोर उकासे। अरिफुल ७९ रनको अवस्थामा आउट भए। त्यसपछि कर्णालीले लगातार विकेट गुमाए पनि पवनको ब्याटिङले टोलीलाई सम्मानजनक योगफलसम्म पुर्यायो।
जनकपुरका हरमीत सिंहले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिए। राहुल यादवले चार ओभरमा १५ रन दिएर दुई विकेट लिए भने मोइन अलीले चार ओभरमा १९ रन खर्चेर दुई विकेट हात पारे। ललित राजवंशीले एक विकेट लिए।
१३३ रनको लक्ष्य पछ्याएको जनकपुरले सुरुवातमै दुई विकेट गुमाएको छ। खेलको २.४ ओभरमा जनकपुर १६ रनमा खेलिरहेको छ। मयान यादव १४ रन बनाएर रनआउट भए भने त्रित राज दास एक रनमा सोमपाल कामीको बलमा आउट भए।
जनकपुरले अहिले २१ रन बनाउँदा २ विकेट गुमाएको छ। उसका ओपनर मयन यादव ११ रन र तीर्थराज दास केबल १ रनमा आउट भए।
अहिले क्रिजमा मोइन अली र अनिल शाह रहेका छन्। अब जनकपुरलाई जितका लागि अब ९६ बलमा ११४ रन आवश्यक छ।


प्रतिक्रिया