जनकपुर बोल्ट्सले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य

जनकपुर बोल्ट्सले लुम्बिनीलाई दियो १३७ रनको लक्ष्य


काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)को चौधौं खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १३६ रन बनायो ।

जनकपुरकाा लागि सर्वाधिक लाहिरु मिलान्थले २४ रन, आशिफ शेख १६, अनिल शाह ४५ , शुभ कंसाकार २२ रन जोडे ।

लुम्विनीका अविशेष गौतमले ३, रोहित पौडेल र सादविन जफरले समान दुई र सन्दीप जोराले एक विकेट आफ्नो नाममा गरे।

एनपीएलमा चौथो खेल खेलिरहेको लुम्बिनी पहिलो जितको खोजीमा छ भने लगातार तिन खेल जितेको जनकपुर अर्को जित निकाल्ने दाउमा रहेको छ ।