५२ वटा कम्पनीलाई महानगरको ३० दिने अल्टिमेटम, स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले कर तिरेन (सूचीसहित)

५२ वटा कम्पनीलाई महानगरको ३० दिने अल्टिमेटम, स्वास्थ्य राज्यमन्त्रीकै अस्पतालले कर तिरेन (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु महानगरपालिकाले कर नतिर्ने ५२ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ । महानगरले आइतबार गोरखापत्रमा कर नतिर्ने ५२ वटा कम्पनीहरुको सूची सार्वजनिक गरेको हो ।

महानगरले कर बुझाउन पटकपटक पत्रचार गरेपनि अटेर गर्दै आएका जय नेपाल हल, गोपिकृष्ण मुभिज, काठमाण्डु जेसिस, अम्बे कम्प्लेक्स जनमैत्री अस्पताल, नेपाल स्काउट, राष्ट्रिय नाचघर, सिटी सेन्टरलगायतका ५२ वटा कम्पनीले कर नतिरेको जनाएको छ ।

५२ वटा कम्पनीमध्ये जनमैत्री अस्पतालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको छ ।

कर नतिर्ने कम्पनीहरलाई ३० दिने अल्टिमेटम दिइएको छ । समयमा कर नबुझाए महानगरको राजश्व दाखिला ऐनको दफा १२ बमोजिम कर दाताहरुको सेवा बन्द गर्ने, सम्पति रोक्का गर्नेलगायतका कार्य गरी तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ ।