राष्ट्रियसभा चुनावले सत्तारुढ गठबन्धनमा बेमेल ! मधेश र लुम्बिनीमा जनमतका छुट्टै उम्मेदवार


काठमाण्डु – आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा जनमत पार्टीले मधेश र लुम्बिनी प्रदेशमा छुट्टै उम्मेदवार कायमै राखेको छ ।

जनमतले छुट्टै उम्मेदवार उठाए पछि सत्तारुढ गठबन्धनमा बेमेल देखिएको छ । जनमत पार्टीकी सांसद अनितादेवी साह गठबन्धन सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्ना उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् । लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा जनमतबाट बालगोविन्द चौधरी थारु र मधेशमा रामशंकर महासेठले उम्मेदवारी दिएका छन् ।

जनमतका उम्मेदवार नभएको ठाउँमा भने जनमतले गठबन्धनकै उम्मेदवारलाई सघाउने भएको छ । कूल १९ सिटका लागि हुने निर्वाचनमध्ये जनमतले २ सिटमा उम्मेदवार उठाएको छ ।

माघ ११ गते राष्ट्रिय सभाका १९ सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एकीकृतले २, जसपाले १ ठाउँमा भागबण्डा पाएका छन् । अन्य सत्तारुढ दललाई गठबन्धनमा हिस्सा दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement