जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंकबीच बीमा सम्झौता


काठमाडौं – जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड.(जिआईसि नेपाल) र सिद्धार्थ बैंक लिमिटेडबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

इन्स्योरेन्स तथा बैङ्कबीच जेठ २८ गते मंंगलबारका दिन आयोजित एक कार्यक्रमबीच सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

बैङ्कका सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसंगै बैङ्कका ग्राहकले जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैङ्कका सबै शाखाबाट लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement