माओवादी नेता जनार्दन शर्माले आजै अर्थमन्त्रीको सपथ लिने


काठमाण्डु – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आजै सपथ लिने भएका छन् । माओवादी केन्द्रको स्थायी कमिटी बैठकपछी आजै शर्माले सपथ लिने भएका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्माको अर्थमन्त्रीमा सपथको लागि नाम दिइसकेका छन् । प्रधानमन्त्री देउवा समेत उनलाई अर्थमा ल्याउन सकरात्मक छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट शर्माले आजै पद तथा गोपनियताको सपथ लिनेछन् ।

शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेपछी गत असार २२ गते पदबाट राजीनामा दिएका थिए । तर, संसदीय विशेष समितिले उनको संलग्नता नदेखिएको प्रतिवेदन सार्वजनिक गरेपछि शर्मा अर्थमा जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement