जनार्दन शर्माले फिर्ता गरे सुरक्षाकर्मी


काठमाडौं – पूर्वगृहमन्त्री जनार्दन शर्माले आफ्ना सुरक्षाकर्मी फिर्ता गरेका छन् । शर्माले बिहीबार आफ्ना सुरक्षामा खटिँदै आएका शसस्त्र प्रहरीलाई फिर्ता गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका शर्माले आफ्नो सुरक्षामा खटिँदै आएका १० जना सुरक्षाकर्मी फिर्ता गरेका छन् ।

उनले इमान्दीपूर्वक जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवाद दिएका थिए । नेता शर्माले खादा लगाएर बिदाई गरेका थिए ।

त्यस्तै केहीसमय अगाडि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि सुरक्षाकर्मी फिर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement