अनुसन्धान विभागमाथि जनार्दनको आक्रोशः कि विभागले नेताको मात्र जासुसी गर्छ ?


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले संसदीय समितिले दिएको निर्देशन सरकारले पालना नगरेको भन्दै आपत्ति जनाएका छन् ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाली भूमिमा भारतले बाटो बनाएको विषयमा सरकारलाई अनुसन्धान विभागले दिएको रिपोर्ट समितिमा झिकाउन सरकारसँग माग गरेका छन् ।

‘कि अनुसन्धान विभागले नेताको मात्र जासुसी गर्छ ?’ उनले भने, ‘शक्तिअनुसारको संघर्ष गर्नुपर्छ । हाम्रो भू–भागको रक्षा गर्न पाउनुपर्छ ।’

सांसद शर्माले भारतले लिपुलेकमा कोरोनाको मौका छोपेर नेपाली भूमि मिचेको भन्दै आपत्ति जनाए ।

‘सरकारले नेतृत्व गरेर अब जनतालाई आह्वान गर्नुपर्छ । सरकारले कूटनीतिक नोट जारी गरेको छ । चीनले केही सच्याउने कुरा गरेको छ । चीनसँग कुरा गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement