सांसद विकास कोष खारेज गर्न जनार्दन शर्माको माग


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्मा प्रभाकरले स्थानिय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका छन् ।

शुक्रबार एक ट्वीट गर्दै सांसद शर्माले राष्ट्रको समग्र विकास समिटिने गरी काम गर्न सांसद विकास कोष खारेज गर्न माग गरेका हुन् ।

उनले भनेका छन् ‘राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटीने गरी काम गरौं । छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन ।’

प्रतिपक्षी दलसहित सत्तापक्षका केही सांसदहरुले सांसद विकास कोष खारेज गर्न माग गर्दै आइरहेका छन् । यो कोष मार्फत हरेक निर्वाचन क्षेत्रमा ६ करोड रुपैयाँ जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement