जनार्दन शर्माले गरे पदको दूरुपयोगः गृहमन्त्रीकै हैसियतमा अगुवा गाडी लिएको खुलासा


काठमाडौं– विनाविभागीय बनाइएको ८६ औं दिनमा पुस २८ गते पद्बाट राजीनामा दिएका माओवादी केन्द्रका नेता जनार्दन शर्मा पूर्वगृहमन्त्रीको हैसियतमा छन् । तर, उनी बाहलवाला गृहमन्त्रीकै हैसियतमा अगुवा र पछुुवा गाडी लिएर हुुइंकिन्छन्।

पूर्व गृहमन्त्रीहरूलाई पछुुवा गाडी (सशस्त्र प्रहरी) को सुविधा रहन्छ तर, अगुुवा (नेपाल प्रहरी) को गाडीको सुुविधा भने बाहलवाला गृहमन्त्रीलाई मात्र रहन्छ । गृहमन्त्री भएका बेला सदाचारको कुरा गरेर कार्ययोजना प्रस्तुत गरेका शर्मा मन्त्रीबाट हट्दा समेत नेपाल प्रहरीको सुरक्षासहितको बा १ झ ५५५३ नम्बरको गाडी अगुवा सुविधाका लागि प्रयोग गरिरहेका छन्। उनले नेपाल प्रहरीबाट वा १४ १५५३ नम्बरको सेन्ट्रो कार समेत सरकारी नम्बर परिवर्तन गरेर निजी कारको रुपमा प्रयोग गरिरहेको स्रोतको दाबी छ ।

फागुन पहिलो साता कला प्रतिष्ठानमा आयोजित ‘माओवादी जनयुद्धताका फोटो प्रदर्शनी’ मा पनि शर्मा त्यही अगुवा गाडीसहित पुगेका थिए।

विनाविभागीयबाट समेत राजीनामा दिइसकेपछि डीआइजी रमेश खरेल प्रमुख रहेको सुरक्षा सेवा निर्देशनालयले पत्राचार गर्दै अगुुवा गाडी फिर्ता मागेको थियो। ‘शर्माले गाडी फिर्ता पनि गरेका थिए । तर, आइजीपी प्रकाश अर्याललाई फोन गरेर ‘गाडी फिर्ताको माग गरेपछि उनले फेरि अगुुवा गाडीको प्रयोग गरिरहेका हुन,’ निर्देशनालय स्रोतले भन्यो।

भावी गृहमन्त्रीका दाबेदार समेत रहेका शर्मा उर्जामन्त्री रहेका बेला चर्चामा आएका थिए, नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुुलमान घिसिङको लोडसेडिङ अन्त्य योजनाका कारण। उनी, कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बन्दा धेरैले सुधारको अपेक्षा गरेका थिए। तर, कानुनमै उल्लेख नभएको विषयमा निर्णय लिंदै सातवटै प्रदेशमा एआइजी पद खडा गरे, संघीय प्रहरी ऐन नबन्दै।

तत्कालीन गृहमन्त्री शक्ति बस्नेतले पुर्व प्रहरी महानिरीक्षक कुवेर सिंह रानाको नेतृत्वमा बनाएको कार्यदल संघीयतामा प्रहरीलाई संघीय संरचनामा लैजानुुपर्ने सुुझाव दिएको थियो। तर, शर्मा गृहमन्त्री बन्दा एआइजीको पद् १३ मात्र पुुगेन् सातवटै प्रदेशमा कानुनविपरीत एआइजी खटाइयो।

तत्कालिन प्रधानमन्त्री देउवा र शर्माले आर्थीक प्रलोभनमा परेर सुरक्षा निकायमा दरबन्दी थपेको भन्दै चर्को आलोचना भएको थियो । हाल दुवै सुरक्षा निकायमा थपिएको एआईजीको दरबन्दी फाजिलमा गइसकेको छ भने प्रदेशमा समेत डिआईजीलाई खटाउने निर्णय सरकारले गरिसकेको छ ।

नेपाल प्रहरीका एक डिआईजी भने ‘उहा (शर्माजी) बाहिर चर्को कुरा गर्ने तर, नियमविपरित सुविधा लिएर इतिहासमै कसैले नगरेको काम गरिरहनुभएको छ ।’ती डिआईजीले कमजोर प्रहरी नेतृत्वको कारण शर्माले राज्य कोषको दुरुपयोग गरेको दाबी गरे ।

यसबारेमा कुरा गर्न पुर्वमन्त्री शर्मासंग काठमाडौंपाटीले पटक–पटक सम्र्पक गर्न खोज्दा पनि उनिसंग सम्र्पक हुन् सकेन् । नेपाल प्रहरीका प्रवक्ता डिआईजी मनोज न्यौपानेले भने शर्माले अगुवा गाडी प्रयोग गरिरहेको बारे आफु अनभिज्ञ रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement