एसपीहरूलाई गृहमन्त्रीकाे निर्देशन: नाकामा लाइन र सेटिङ छ रे! त्यो बन्द गर्नू


काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले हालै सरुवा भई आ–आफ्नो कार्यक्षेत्रमा खटिन लागेका प्रहरी उपरीक्षक (एसपी) हरुलाई गुण्डागर्दी जुनसुकै हालतमा पनि नियन्त्रण गर्न निर्देशन दिएका छन्।

मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल प्रहरीका एसपीहरुलाई निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘गुण्डागर्दीका कारण सेवा प्रवाहमा समस्या सिर्जना भयो भने मान्य हुने छैन, गुण्डागर्दी नियन्त्रण गर्न आवश्यक उपाय अवलम्बन गर्नुस्।सम्झौता नगर्नुहोला।’

 

प्रहरी अफिसरको टेवुलमा खुट्टा पसार्ने हर्कत गर्ने गुण्डाहरुलाई तह लगाउन निर्देशन दिँदै गृहमन्त्री शर्माले भने, ‘मेरो पार्टीका मान्छेले गुण्डाको संरक्षण गरेमा मलाई मान्य हुनेछैन।’ गुण्डाहरुलाई कसरी तह लगाउने त्यो तपाईको हातमा छ।’

 

एसपीहरुलाई व्यवहारीक बन्न आग्रह गर्दै मन्त्री शर्माले कानुन देखाएर पन्छने काम नगर्न समेत दिर्नेशन दिए। ‘नाकाहरुमा लाईन र सेटिङ छन् रे, त्यो बन्द हुनुपर्छ’ मन्त्री शर्माले भने, ‘सेटिङमा प्रहरीको मिलेमतो हुनेगरेको आरोप छ, त्यसलाई तपाईहरुले व्यवहारबाट खण्डन गर्नुपर्छ ।’

 

‘जिल्लाहरुमा गिट्टी, ढुंगा र काठको अवैध ब्यापार बन्द हुनुपर्छ’ मन्त्री शर्माले भने, ‘जनतासँगको सहाकार्य प्रधान कुरा हो, सहकार्य गर्न सक्नुपर्छ।’ प्रहरी जवानको मनोवल उच्च राख्न शौचालय, ब्यारेक र मेशको अवस्थामा सुधार गर्न निर्देशन दिँदै मन्त्री शर्माले भने ‘तपाईहरुले हप्तामा एक पटक जवानहरुसँग भेटेर गुनासो सुन्नुपर्छ।’

 

जिल्ला प्रमुखको रुपमा सरुवा भएका ्एसपीहरुलाई १५ दिनभित्र आफ्नो तिन महिने कार्ययोजना पेश गर्न निर्देशन दिँदै मन्त्री शर्माले भने, ३ महिनामा तपाईहरुको मूल्यांकन गरिने छ।’
कुनै पनि दलप्रति लचक नहुन आग्रह गर्दै मन्त्री शर्माले संविधान विरोधी तत्वलाई छुट नदिन निर्देशन दिए। ‘कार्यक्षेत्रमा काम गर्दागर्दै हुने गल्तिलाई अन्यथा लिइने छैन्,’ उनले भने, ‘मैले दिएको आदेशप्रती म पुर्णरुपमा जिम्मेवार हुनेछु।’

 

प्रहरी कर्मचारीहरुलको कार्य सम्पादन मूल्यांकन गोप्य रुपमा राखिने परम्पराको अन्त्य गर्ने उद्घोष गर्दै मन्त्री शर्माले भने,‘३० वर्षे सेवा अवधि विवादबाट मुक्त गर्दा तपाईहरुको वृत्ति विकासमा ध्यान दिइने छ।’

प्रतिक्रिया दिनुहोस
Advertisement