विश्वासको संकट भयो, स्वेतपत्रमा मेरो नाम किन लेखियो ? : जनार्दन शर्मा


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युिनष्ट पार्टी (नेकपा)का नेता जनार्दन शर्माले नेपाल ट्रष्टको सम्पत्तीबारे सरकारले सार्वजनिक गरेको स्वेतपत्रमाथि प्रश्न उठाएका छन् ।

पूर्वगृहमन्त्री समेत रहेका नेता शर्माले बिहीबारको संसद बैठकमा बोल्दै रक्षामन्त्री इश्वर पोखरेलले मंगलबार सार्वजनिक गरेको सम्पत्ती विवरणप्रति आपत्ती जनाउँदै उनले रक्षामन्त्रीले सार्वजनिक गरेको ‘श्वेतपत्रलाई अश्वेतपत्र’को संज्ञा दिए ।

शर्माले नेपाल ट्रष्टका सम्पत्तीबारे गरेका निर्णयमा लेख्नुपर्ने मान्छेको नाम नलेखेर नलेख्नु पर्नेको नाम लेखिएको भन्दै आफ्नो नाम जोडेर सरकारले आफूलाई तर्साउन, र आत्मसमर्पण गराउन खोजेको आरोप लगाए ।

आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजिनामा दिएर पत्रकार सम्मेलन गरेको तर सो श्वेतपत्रमा कात्तिक १३ गतेको निर्णयमा आफूलाई जबर्जस्ती जोडेको भन्दै आपत्ति जनाए । असोज ३० गते नै आफूलाई विनाविभागीय मन्त्री बनाइएको र ती निर्णयमा आफ्नो कुनै संलग्नता नभएको उनले जिकिर गरे ।

‘मन्त्री नै नभएको मान्छेलाई जबरजस्ती नाम लेख्नुको कारण के हो ? विश्वासको संकट भयो, किन यस्तो भयो, यस्तो किन गरियो ?’ उनले प्रश्न गर्दै भने, ‘मलाई शंका भयो । आफ्नै पार्टीको सरकारलाई सहयोग गर्दागर्दै किन यसरी मेरो नाम जबर्जस्ती लेखियो, रक्षामन्त्री, सरकारबाट जवाफ चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
Advertisement