गृहमन्त्री र आईजीपीलाई जनार्दन शर्माको प्रश्न : गोली लागेको भए पौडेलको हात ४–५ ठाउँमा कसरी भाँचियो ?


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं सांसद जनार्दन शर्माले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या घटनामा प्रहरीले दिएको रिपोर्टलाई विश्वास गर्न नसकिने बताएका छन् ।

सांसद शर्माले प्रहरीले एउटा रिपोर्ट दिएपनि जनताको रिपोटले कुमार पौडेल मुठभेठमा मारिएको दाबी नगर्नेे भन्दै प्रहरी र गृहमन्त्रीले दिएको जवाफमा विश्वास गर्न नसकिने बताएका हुन् ।

सोमबार संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गर्दै भने, ‘प्रहरीको मुठभेठमा मारिएको मान्छेको ४–५ ठाउँमा हात कसरी भाँचियो ?’ भन्दै प्रश्न गरे । उनले विगतमा झै मुठभेडका नाममा हत्या गर्ने शैलीको झल्को आएको बताए ।

पूर्वगृहमन्त्री समेत रहेका शर्माले पञ्चायतका दिनका आफ्ना साथीहरुकोे मुठभेडको नाममा हत्या भएको घटनाको स्मरण गर्दै प्रश्न गरे, ‘के हामी फेरि त्यही घटनालाई दोहोर्याउन चाहन्छौँ ?

उनले गृहमन्त्री रामबहादुर थापाले तलको प्रहरीले जे टिपायो त्यही रिर्पोट प्रस्तुत गरेको बताउँदै आफूसँग जनताको रिर्पोट रहेको बताए ।

उनले भने, ‘कुमार पौडेलको घटनामा सरकारको एउटा रिर्पोट होला । तर हामीसँग जनताको रिर्पोट पनि छ, फोटो पनि छ । पाँच छ ठाँउमा त हात नै भाँचिएको छ । पहिले हात भाँचियो कि गोली हानेर हात भाँचिएको हो ।’

उनले अहिले जनता डिजिटल युगमा रहेको बताउँदै तथ्यलाई बंग्याउन थालियो भने जनताले विश्वास नगर्ने बताए । नेपाल प्रहरी पनि सूचना प्रविधिको प्रयोगमा अभ्यस्त भइसकेको बताउँदै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रश्न गरे, ‘अहिलेको डिजिटल समयमा आइजीलाई को कहाँ बस्छ भन्ने सूचना आउँदैन ? आउँछ नि, किन आउँदैन ?

हिजो हामी द्धन्द्धमा छँदा प्रहरीले पनि त्यस्ता घटना नघटाइदिएको भए हामीसँग जनसमर्थन बढ्दैनथ्यो कि । त्यसैले प्रहरीले पनि द्धन्द्धलाई बढाउने काम गर्नुहुँदैन । यो घटनाको सत्यतथ्य छानविन र दोषीलाई कारवाही होस् ।’

प्रतिक्रिया दिनुहोस
Advertisement