इलाम-२: जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई बनायो उम्मेदवार

इलाम-२: जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई बनायो उम्मेदवार


काठमाण्डु- जनमत पार्टीले इलाम-२ को उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

जनमत पार्टीका अध्यक्ष सिके राउतले पहिचानवादीहरूको साझा उम्मेदवारका रुपमा थाम्सुहाङलाई अगाडि सारेको बताएका हुन् । थाम्सुहाङ पछिल्लो समय कोशी प्रदेश नाम खारेजी अभियानमा सक्रिय थिए ।

नेकपा एमाले सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त रहेको इलाम-२ मा वैशाख १५ गते निर्वाचन हुँदैछ । एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।