प्रतिनिधि भन्छन्- स्थानीय तहको बजेट बढाऊ


काठमाडौं स्थानीय तहका जनप्रतिनिधिहरुले यसपटक संंविधानले दिएको अधिकारअनुसार बजेट वृद्धि हुनुपर्ने माग गरेका छन् । राज्यको एक तिहाईभन्दा बढी कार्य स्थानीय तहमा आएको आधारलाई विगतको बजेटमा प्रतिविम्बित नगरिएको बताउ“दै उनीहरूले यसपटक त्यसलाई आधर बनाइनुपर्ने माग गरेका छन् ।

स्थानीय तहको पहिलोचरणको निर्वाचन हुंदा आर्थिक वर्ष २०७४-२०७५ मा वित्तीय समानीकरण र ससर्त गरी दुई किसिमको अनुदान बा“डफा“ड गरिएको थियो । समानीकरणमार्फत १ खर्ब ४८ अर्ब र ससर्ततर्फ ७६ अर्ब ४१ करोड गरी २ खर्ब २५ अर्ब रुपैया“ स्थानीय तहको नाममा विनियोजन गरिएको थियो ।

’गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीले स्थानीय तहलाई बलियो बनाउने गरी बजेट उपलब्ध गराउनुपर्ने बताउनुभयो । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले चालू आर्थिक वर्षमा स्थानीय तहका लागि ३ खर्ब ३४ अर्ब बजेट विनियोजन भएको बताउंदै भन्नुभयो–‘स्थानीय तहलाई संविधानतः दिइएको जिम्मेवारीको आधारमा सो बजेट निकै न्यून छ । यसपटक बजेट बढाउन माग गरेका छौं । ’

यसबारे नेपाल नगरपालिका संघ र नेपाल गाउ“पालिका संघले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा।युवराज खतिवडाको ध्यानाकार्षण गराइसकेका छन् । संघका अध्यक्ष ब्याञ्जु श्रेष्ठले भन्नुभयो–‘ यसपटक बजेट बढ्नेमा आशावादी छौं । यस्तै नेपाल गाउ“पालिका संघका अध्यक्ष होमनारायण श्रेष्ठले अर्थमन्त्री डा. खतिवडाले नयां वर्षको बजेटमार्फत स्थानीय तहलाई दिने रकम १२ प्रतिशतले बढाउने वचन दिनुभएकै हो । यो खबर आजको समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement