रसुवागढी र साञ्जेन पनि समेटिए जनताको जलविद्युतमा


काठमाडौं– जनताको जलविद्युत् कार्यक्रममा रसुवागढी र साञ्जेन जलविद्युत् आयोजना पनि समेटिएका छन्।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा सोमबार बसेको जनताको जलविद्युत् कार्यक्रम सञ्चालन समन्वय समितिको बैठकले ती आयोजनालाई कार्यक्रममा समावेश गरी शेयर बिक्री गर्ने निर्णय गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनका अनुसा कार्यविधिमा आवश्यक संशोधन गरी शेयर बिक्री प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ।

 रसुवामा निर्माणाधीन अवस्थामा रहेका साञ्जेनका दुई वटा आयोजना छन् । त्यसमा माथिल्लो साञ्जेनको क्षमता १४ दशमलव आठ मेगावाट रहेको छ भने साञ्जेनको क्षमता ४२ दशमलव पाँच मेगावाट छ ।

रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । ती आयोजनाको भौतिक प्रगति औसतमा करिब ७० प्रतिशतको हाराहारीमा रहेको छ ।

नेपाल धितोपत्र बोर्डले रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीलाई यही चैत १० गते आम सर्वसाधारणलाई शेयर बिक्रीको स्वीकृति दिइसकेको छ । बोर्डले साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडलाई ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर बिक्रीको अनुमति दिएको छ ।

रसुवागढी जलविद्युत् कम्पनी लिमिटेडले एक अर्ब दुई करोड ६३ लाख १५ हजार बराबरको एक करोड दुई लाख ६३ हजार १५० कित्ता शेयर बिक्रीका लागि अनुमति दिएको छ

सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत कूल १९ वटा आयोजना छनोट गरी तीन हजार ५०० मेगावाट क्षमता बराबरको आयोजना निर्माणका लागि नागरिकबाट स्वपूँजीको ४९ प्रतिशत शेयर जुटाउने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार यही चैत ७ देखि ११ गतेसम्म माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको शेयर बिक्री भई बाँडफाँट भइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement