जापानमा हराएका मरासिनी परिवारको सम्पर्कमा आए


काठमाडौं – तनहुँको भिमाद नगरपालिका नगरपालिका–८ कोखे घर भएका भेषराज मरासिनी परिवारको सम्पर्कमा आएका छन् ।

यसअघि उनको पिता बासुदेव मरासिनी र आमा लक्ष्मी मरासिनीले आफ्नो छोरो परिवारको सम्पर्कभन्दा बाहिर भएको भन्दै खोजीदिन आग्रह गरेका थिए । सन् २०१९ अगस्ट ६ देखि परिवारसँग सम्पर्कविहिन भएका मरासिनी परिवारको सम्पर्कमा आएका हुन् ।

मरासिनीको खोजका लागि एनआरएनए क्युस्युले सक्रियता देखाएको थियो । मरासिनी परिवारले एनआरएनए क्युसु संयोजक देवराज उप्रेतीलाई सम्पर्क गरी आफ्नो छोरा भेषराज सम्पर्कमा आएको जानकारी दिएका छन् ।

परिवारसँग सम्पर्क गर्दै मरासिनीले जापानको व्यस्त जीवन र संघर्षको क्रममा केहि समय परिवारसँग सम्पर्क हुन नसकेको र सकुशल रहेको जानकारी दिएका छन् । उनले आफु सम्पर्कबाहिर रहेका कारण परिवारलगायतलाई परेको अप्ठेरोप्रति क्षमायाचना पनि गरेका छन् ।

एनआरएनए क्युस्युका संयोजक देवराज उप्रेतीले एक विज्ञप्तिमार्फत भेषराज मरासिनीको खोजीमा सहयोग गर्ने, एनआरएनए जापान तथा जापानबासी नेपालीहरुमा धन्यवाद व्यक्त गरेका छन् ।

एनआरएनए क्युस्युका उप-संयोजक मोहन सिह मडैले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement