जापानमा ७.४ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.४ रेक्टरको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जापानमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार सोमबार साँझ उत्तरी जापानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो।

इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा केन्द्रित भएर भूकम्प गएको हो। भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको बताएका छनन् ।

यस कारण तटीय तथा नदी किनारका बासिन्दालाई तत्काल उच्च भूभाग वा सुरक्षित निकासी भवनहरूमा जान आग्रह गरिएको छ।

कुजी पोर्टमा ८० सेन्टिमिटरको सुनामी लहर देखिएको छ भने मियाको पोर्टमा ४० सेन्टिमिटरको लहर मापन गरिएको द जापान टाइम्सले लेखेको छ। अझ थप लहर आउने अनुमान गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीले सुनामी छाल बारम्बार आउन सक्ने सम्भावना रहेको भन्दै चेतावनी पूर्ण रूपमा नहटाइएसम्म सुरक्षित स्थान नछोड्न आग्रह गरेको छ। आगामी एक हप्तासम्म, विशेषगरी पहिलो २–३ दिनमा, थप शक्तिशाली भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ।