काठमाण्डु– जापानको पूर्वी तटीय क्षेत्र हुँदै सोमबार शक्तिशाली टाइफुन डुजुआनका कारण एसियाली खेलकुद प्रभावित भएको छ।
एसियाली खेलकुदको औपचारिक उद्घाटन सप्ताहन्तमा जापानको नागोया सहर तथा आसपासको आइची प्रिफेक्चरमा भएको थियो।
सोमबारका लागि तय गरिएको घोडचढी (इक्वेस्ट्रियन) प्रतियोगिता मंगलबारका लागि सारिएको रोयटर्सले जनाएको छ।
खेलकुदका लागि जापानका ‘चिफ अफ मिसन’ कोसेई इनोउले पत्रकारहरूसँग कुरा गर्दै जापान ओलम्पिक कमिटीसँग निरन्तर बैठक गरी आफूहरू यस्तो परिस्थितिको सामना गर्न पूर्ण रूपमा तयार र उपयुक्त ढंगले प्रतिक्रिया दिन सक्षम हुने सुनिश्चित गरिरहेको बताए।
एसियाली खेलकुदका क्रममा करिब ४ हजार सहभागी कोस्टा सेरेना क्रुज जहाजमा बसिरहेका छन्।
टाइफुन प्रभावित क्षेत्रमा पुगेमा उक्त जहाजलाई सुरक्षित स्थानमा सार्नुपर्नेछ र खतरा टरेपछि मात्रै पुनः उक्त क्षेत्रमा फर्काइनेछ। यस क्रममा जहाजमा रहेका सहभागीहरूलाई जहाजमै रहनुपर्ने आसाही शिम्बुनले जनाएको छ।
जापानको राजधानी टोकियोसहित आसपासका क्षेत्रमा शक्तिशाली आँधीको जोखिम बढेपछि आपत्कालीन चेतावनी जारी गरिएको छ ।
शक्तिशाली ‘डुजुआन’ नामक आँधी जापानको पूर्वी तटतर्फ अघि बढिरहेको छ । यो यस वर्ष जापानमा प्रवेश गर्न लागेको २५औँ आँधी हो । आँधीको प्रभावलाई ध्यानमा राख्दै करिब ३०० वटा उडान रद्द गरिएको छ ।




प्रतिक्रिया