जापानमा आँधी : मृत्यु हुनेको संख्या ३७ पुग्यो


एजेन्सी – जापानमा आएको ‘टाइफुन हगिविस’ नामक आँधीको कारण मृत्यु हुनेको संख्या ३७ पुगेको छ । त्यस्तै १७ जना हराइरहेका छन् भने आँधीका कारण १८९ जना घाइते भएका जापानी ब्राडकाष्टिङ संस्था एनएचकेले जनाएको छ ।

जापानको भूमि तथा यातायात मन्त्रालयले २१ जलमार्गका तटबन्ध भत्किएको बताएको छ । कयैन स्थानमा सडकहरु पूर्ण रुपमा हिलो माटोले पुरिएका छन् । ती क्षेत्रका घरहरु दुईदेखि तीन मिटरसम्म पानीमा डुबेको पाइएको छ ।

जापानमा आँधी प्रभावितहरुको लागि राहत कार्यक्रम, वचाउ तथा सफाई अभियान युद्ध स्तरमा संचालन गरिएको छ । प्रभावित क्षेत्रमा सोमबार थप वर्षाको पूर्वानुमान गरिएको छ । अधिकारीले नदीनाला छेउका बासिन्दालाई सतर्क रहन सावधान गराएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement