जापानद्वारा थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ प्रदान


काठमाण्डु – जापान सरकारले थप ११४ थान ‘अक्सिजन जेनेरेटर’ उपलब्ध गराएको छ । जापानी दूतावासका नियोग उपप्रमुख योशिओका युजोले आज थप ११४ थान अक्सिजन जेनेरेटर हस्तान्तरण गरेका हुन् ।

नेपालका अस्पताललाई सहयोग गर्न पाउँदा खुसी लागेको बताउँदै उनले जापानले उपलब्ध गराएको स्वास्थ्य उपकरणले नेपालमा धेरैको ज्यान जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

जापानले नेपाललाई कोभिड–१९ विरुद्धको लडाइँमा २५ थान रगत ग्यास विश्लेषक, २५ वटा ‘पोर्टेबल अल्ट्रासाउन्ड इमेज डायग्नोस्टिक सिस्टम’, ६ वटा एम्बुलेन्स र २७४ वटा अक्सिजन जेनेरेटरलगायत चिकित्सा उपकरणहरू उपलब्ध गराइसकेको छ ।

जापानले नेपालको स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्दै आएको छ । गत साउनमा उसले १६ लाख मात्रा एस्ट्राजेनेका खोप उपलब्ध गराएको थियो । कोभिड–१९ को खोप प्रभावकारी ढुवानी गर्ने अर्को परियोजना युनिसेफसँगको ‘लास्ट वान माइल’ कार्यक्रमअन्तर्गत अपेक्षित रहेको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

दूतावासले कोभिड–१९ महामारीको अन्त्य भई नेपाल सरकार र विकास साझेदारहरूसँग मिलेर नेपालको स्वास्थ्य क्षेत्रलाई सहयोग गर्न र कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानमा पुनः फकाएउन तत्पर रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement