टोकियो ओलम्पिक : चीनले जित्यो पहिलो स्वर्ण


काठमाण्डु – जापानको टोकियोमा जारी ओलम्पिकमा चीनले पहिलो स्वर्ण पदक जितेको छ । महिलातर्फको १० मिटर एअर राइफलमा रुसकी अनास्तासिया ग्यालासिनालाई हराउँदै चीनकी २१ वर्षीया चियान याङले स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

याङले २५१.८ अङ्क जोड्दै पहिलो स्वर्ण पदक जितेकी हुन् । त्यस्तै ग्यालासिनाले रजत पदक प्राप्त गरिन् । यसै स्पर्धाको छनोटमा खेलेकी नेपालकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement