जापानलाई हराउँदै ब्राजिलसँगको भेट पक्का गर्‍याे बेल्जियमले

जापानलाई हराउँदै ब्राजिलसँगको भेट पक्का गर्‍याे बेल्जियमले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– बेल्जियम रसियामा जारी विश्वकप २०१८ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार राति भएको नकआउट चरणको दोस्रो खेलमा एसियाली टोली जापानलाई ३–२ ले हराउँदै बेल्जियमले क्वार्टरफाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो। पराजित भएसँगै जापानको रुस विश्वकप यात्रा टुङ्गिएको छ।

रोबिर्टो मार्टिजको टोली बेल्जियम २–०ले पछि परेपछि जान भरटुङ्गाले ६५ औं मिनेटमा पहिलो गोल गरेका थिए भने ७४ औं मिनेटमा मोराउनी फिलानीले बराबरी गोल फर्काए। यस्तै ९४ औं मिनेटमा नासिर चादलीले निर्णायक गोल गरेका थिए।

त्यसअघि ४८ औं मिनेटमा गन्की हारागुचीले जापानलाई सुरुवाती अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा ताकासी इन्युले दोस्रो गोल गरेपनि जापानले अग्रता जोगाउन सकेन्।

१९६६ पछि विश्वकपको नकआउट चरणमा दुई वा सो भन्दा बढी गोलले पछाडी परेपनि पुनरागन जित हात पार्ने बेल्जियम पहिलो टोली बनेको छ। त्यसबेला ३–०ले पछि परेको अवस्थामा पोर्चुगलले पुनरागन गर्दै कोरियामाथि ५–३ को जित हात पारेको थियो।

सो अग्रतासँगै सन् २००२ मा दक्षिण कोरिया र सन् १९६६ मा उत्तर कोरियापछि विश्वकपको क्वार्टरफाइनलमा पुग्ने जापान तेस्रो एसियाली मुलुक बन्ने सम्भावना देखिएको थियो

अन्तिम आठमा शुक्रवार अब बेल्जियमले पाँच पटक विश्वविजेता रहिसकेको ब्राजिलको सामना गर्नेछ।