चन्द्रमामा घुम्न जान ‘गर्लफ्रेन्ड’ खोज्दै जापानी अर्बपति


टोकियो – स्पेसएक्सको भावी चन्द्रमा यात्राको पहिलो यात्रीको रुपमा रहेका जापानी अर्बपति युसाकु मेइजावाले त्यहाँ जानका लागि महिला साथीको खोजीको विज्ञापन गरेका छन् ।

उनले साथी मात्रै खोजेको नभई अन्तरिक्ष यात्राका लागि महत्वपूर्ण साथी खोजेको मेइजावाको वेबसाइट प्रबद्र्धन अभियानमा उल्लेख गरिएको छ । ‘मेइजावाको लामो समयदेखि अन्तरिक्षमा जाने सपना रहेको छ,’ वेबसाइटमा उल्लेख गरिएको छ । ‘उनले कोही विशेष मानिससँग विशेष स्थानमा जाने इच्छा व्यक्त गरेका छन्, ‘वेबसाइटले भनेको छ ।

मेइजावा र उनको नयाँ साथीले स्पेसएक्सको नयाँ पुस्ताको स्टारशिप रकेटबाट चन्द्रमाको यात्रा गर्नेछन् । यो स्पेसक्राफ्टले धेरै मानिसलाई चन्द्र र मंगल ग्रहको यात्रामा लैजाने छ । २०१८ को सेप्टेम्बरमा मेइजााले ठूलै आकारको डिपोजिट गरेको स्पेसएक्सले जनाएको छ । उनले स्टारसिपमा पहिलो निजी ग्राहक हुनका लागि यस किसिमको डिपोजिट गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement