जापानी विदेशमन्त्री योको वसन्तपुर क्षेत्रमा (तस्बिरहरू)


काठमाण्डु–  जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाण्डुको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन्। आइतबार काठमाण्डु आएलगत्तै मन्त्री योकोले  वसन्तपुर क्षेत्रको भ्रमण गरेकी हुन् ।

उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन। अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरेकी छन् ।

जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेशमन्त्री खामिखावाले आजै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री श्रेष्ठसँग मन्त्रालयमा भेटघाट र द्विपक्षीय वार्ता गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement