यसकारण लामो आयु बाच्छन् जापानी ?


एजेन्सी – एक पटक फेरी जापानीले विश्वकै पाको उमेरको पुरुष हुने गिनिज रेकर्ड बनाएका छन् । ११२ वर्ष ३४४ दिनका चितेशु वतनाबेको जन्म उत्तरी जापानमा १९०७ मा भएको थियो ।

लामो आयु हुनुका पछाडि हास्नु र मुस्कुराउनु प्रमुख कारण भएको उनी बताउँछन् । यो भन्दा पहिले पनि सर्वाधिक उमेरको पुरुष ११२ वर्षको जापानकै थिए । उनको गत महिना निधन भएको थियो । सबैभन्दा बढी उमेरेकी महिलाको रेकर्ड पनि जापानकै एक महिलाले राखेकी छन् । काने तनाका ११७ वर्षकि छन् ।

चितेशु बोनसाई बिरुवा रोप्न शोख राख्छन् । उनलाई कस्टर्ड खाना मन पर्छ । उनले कृषि स्कुलमा अध्ययन गरेर पछि उखुको खेती गरेका थिए । उनका पाँच सन्तान छन् । यो त चितेशुको कथा । तर आखिर के कारणले जापानी लामो आयु बाच्छन् त ? निश्चित रुपमा यसको जीवनशैलीको महत्वपूर्ण भूमिका रहेको छ । तर वास्तवमै यसका पछाडि के कारण हुन सक्छ । हामी तपाईलाई बताउँछौं ।

खानपानले बनौं स्वस्थ
भनिन्छ मानिस जस्तो खान्छ त्यस्तै बन्छ । जापानीहरुको दीर्घायु हुनुमा खानपानको महत्वपूर्ण भूमिका रहेको छ । आखिर जापानीहरु के खान्छन् त ? जापानीहरु विशेषगरी ताजा खाना खाने गर्छन् । उनीहरु ताजा सब्जी र माछा पनि ताजानै खाने गर्छन् । खानाको मात्रा धेरै पनि हुँदैन । जापानी चिया र सुप धेरै पिउँछन् । चियामा पनि दूध नभएर हरियो पत्ताको प्रयोग गर्छन् ।

व्यायाम र सार्वजनिक यातायात
नेपालमा योग प्रख्यात भएजस्तै जापानमा विशेष किसिमको व्यायाम राजियो ताइसो प्रचलित रहेको छ । यो विहानै उठेर गर्ने गरिन्छ । यहाँ मानिस लामो समयसम्म कुर्सीमा बसेर काम गर्दैनन् । मेसिन बनाउने मामिलामा यो देशका मानिसले विश्वलाई पछि पारे पनि आफुलाई मेसिनमा निर्भर राखेका छैनन् । उनीहरु पैदल हिड्नमा जोड दिन्छन् र विलाशी गाडिको सट्टा सार्वजनिक यातायातको प्रयोग गर्छन् ।

स्वास्थ्य सेवाको महत्वपूर्ण भूमिका
कुनै मुलुकको मृत्युदर तथा जीवनकाल त्यहाँको स्वास्थ्य सेवाको अवस्थामाा धेरै हदसम्म निर्भर रहन्छ । जापानमा अनिवार्य स्वास्थ्य सेवाको व्यवस्था गरिएको छ । यस अनुसार जापानीहरु बारम्बार डाक्टरका जाँचका लागि जाने गर्छन् । यद्यपि उनीहरु सानो–सानो कुराका लागि डाक्टरकोमा जाँदैनन् । जबसम्म स्थिति गम्भीर हुदैन, उनीहरु डाक्टरको परामर्श लिदैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement