जर्मनीमा दोस्रो विश्व युद्धको ४ बम फेला, १४ हजार मानिसले घर छाडे


एजेन्सी – जर्मनीको पश्चिमी सहर डार्टमुन्डमा दोस्रो विश्व युद्धको बम भेटिएको छ । दोस्रो विश्वयुद्धको ४ बम फेला परेपछि त्यहाँका मानिसहरु घर छाडेर हिड्न बाध्य भएका छन् ।

बमलाई निष्क्रिय पार्ने तयारी सुरु गरिएको छ । प्रशासनले हालै मात्र दुई स्थानीय अस्पताल खाली गराएको छ । १४ हजार मानिसलाई उक्त क्षेत्र छोडेर सुरक्षित स्थानमा जान भनिएको छ । साथै घर छोड्न बाध्य हुने मानिसको बसोबासका लागि स्कूल खोलिएको छ ।

सहरको रेल्वे स्टेसन बन्द गरिएको थियो तर आइतबार दिउँसोबाट सबै रेलको बाटो परिवर्तन गरि संचालन गरिएको छ । दोस्रो विश्वयुद्धको ७५ वर्षपछि जर्मनीमा लगातार बम फेला पर्न थालेको हो । बमलाई निष्क्रिय गर्नका लागि ठूलो संख्यामा स्थानीय मानिसलाई हटाउनु परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement