जसपाले बनायो तीन सदस्यीय पार्टी हेडक्वार्टर समिति


काठमाण्डु- जनता समाजवादी पार्टी नेपालले तीन सदस्यीय पार्टी हेडक्वार्टर समिति गठन गरेको छ।

काठमाण्डु जारी उक्त पार्टीको केन्द्रीय समितिको बैठकले संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई रहने गरी पार्टी हेडक्वार्टर समिति गठन गरेको हो ।

सो समितिले कार्यकारिणी वा केन्द्रीय समिति बैठक बस्न नसक्ने र तत्काल पार्टीले निर्णय लिनुपर्ने अवस्थामा आवश्यक निर्णय लिने एक नेताले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement