भागबण्डामा सहमति जुटे सरकारमा जाने जसपाको निर्णय


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा जाने संकेत गरेको छ । भागबण्डामा सहमति जुटे जसपा सरकारमा जाने भएको हो । सरकारमा सहभागि जाने-नजानेबारेमा छलफल गर्न मंगलबार जसपाको राजनीतिक समितिको बैठक बसेको थियो ।

उक्त बैठकले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको हो । आज बसेको बैठकमा कतिपय नेताहरुले भने सरकारमा सहभागि नभइ प्रतिपक्षमा बस्नुपर्ने बताएका थिए ।

तर, बहुसंख्यक नेताहरु सरकारमा जानुपर्ने पक्षमा उभिएपछि सम्मानजनक शक्ति बाँडफाँट र सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डाहरु समावेश भए सरकारमा सहभागी हुने निर्णय गरिएको जनाइएको छ ।

त्यसैगरी बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनसम्बन्धी वार्ताका लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ ।

त्यस्तै चुनावमा अन्तर्घात गर्ने संघीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति पनि बनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement