काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सभाको समानुपातिक सांसदमा सञ्जिलाकुमारी यादवलाई पठाउने निर्णय गरेको छ ।
आज सोमबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणीको बैठकले सञ्जिलाकुमारी यादवलाई सांसद बनाउने निर्णय गरेको हो ।
समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त रहेको पदमा यादवलाई पठाउने निर्णय भएको जनाइएको छ ।




प्रतिक्रिया