जसपा पनि सरकारमा जाने, उपेन्द्र यादव स्वास्थ्यमन्त्री


काठमाण्डु- जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ ।

बिहीवार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । नयाँ बनेको गठबन्धनमा आवद्ध दलहरुबीच जसपालाई दुई मन्त्रालय दिने सहमति भएको छ ।

जसअनुसार उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री बन्नेछन् । त्यस्तै जसपाले सुशीला श्रेष्ठलाई राज्यमन्त्रीमा पठाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement