७ बुँदे सहमति उल्लङ्घन गरिएको भन्दै लुम्बिनीमा जसपाका मन्त्रीले दिए राजीनामा


काठमाण्डु- लुम्बिनी सरकारमा सहभागी जनता समाजवादी पार्टीका मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्री अहिरले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

जसपा प्रदेश अध्यक्ष अशोक यादवले सत्ता गठबन्धन र जसपाबीच ७ बुँदे सहमति भएको र मुख्यमन्त्रीले दुई मन्त्रालय दिने लिखित सहमति उल्लङ्घन गरेकाले सरकारबाट फिर्ता हुने निर्णय गरेको जानकारी दिएका छन् । चैत ३ गते मुख्यमन्त्री जोखबहादुर महरासहित मन्त्री बनेका अहिरले चैत ६ गते कृषि मन्त्रीको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement