राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement