जसपा फुट्यो,पार्टी विभाजनका लागि अशोक राई निर्वाचन आयोगमा


काठमाण्डु – जनता समाजवादी पार्टी विभाजन भएको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकताकाे दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

प्रतिनिधिसभामा हाल जसपाका १२ सांसद छन् । तीमध्ये विभाजनको पक्षमा ७ जना सांसदसहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा निवेदन दिएको सांसद प्रदीप यादवले जानकारी दिए ।

अशोक राई नेतृत्वमा नवलकिशोर साह, रञ्जु ठाकुर, हसिना खान, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ र प्रदीप यादवलगायत पार्टीको बहुमत सदस्य रहेका छन् । अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको बेला राईले पार्टी विभाजन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement