जसपा खारेजीको माग गर्दै महन्त ठाकुर पक्षद्धारा सर्वोच्चमा रिट दायर

जसपा खारेजीको माग गर्दै महन्त ठाकुर पक्षद्धारा सर्वोच्चमा रिट दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)को महन्त ठाकुर पक्षले दल खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

तत्कालिन राष्ट्रिय जनता पार्टीका उपाध्यक्ष राजकुमार थापाले संविधान विपरित दुई पार्टीको एकिकरण गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन् । रिटमा भनिएको छ– ‘संविधान विपरित गरिएको दल एकिकरण गर्ने निर्णय खारेज गरी नियम ४९ अन्तर्गत अन्तरिम आदेश समेत पाउन निवेदन गर्दछौं ।’

रिट निवेदनमा निर्वाचन आयोग र जनता समाजवादी पार्टी द.नं १५९ ललितपुर, बालकुमारीलाई विपक्षी बनाइएको छ । पछिल्लो समय बढेको विवादले जसपा विभाजनको संघारमा पुगेको छ । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर समूहलाई आयोगमा बोलाएर छलफल गरेको थियो । तर, विवाद समाधान हुन सकेको छैन ।