जसपा नेपाल ओली सरकारसँग असन्तुष्ट, समर्थन फिर्ता लिने संकेत

जसपा नेपाल ओली सरकारसँग असन्तुष्ट, समर्थन फिर्ता लिने संकेत


काठमाण्डु– उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा असार ७ र ८ गते बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारलाई दिइएको समर्थनबारे पुनर्विचार गरी निर्णय गर्न संसदीय दललाई निर्देशन दिएको हो ।

ओली सरकारले भ्रष्टाचार नियन्त्रण गर्न, सुशासन कायम गर्न, संविधान संशोधन गर्न पूर्णतः असफल भएको बैठकले निष्कर्ष लिकालेको छ ।

पार्टी प्रदेश अधिवेशनका लागी जसपा नेपाल, प्रदेश निर्वाचन सम्बन्धि निर्देशिका २०८२ सर्वसम्मतिले पारित गरी जारी गर्ने निर्णय समेत गरेको प्रवक्ता मनिष कुमार सुमनले जानकारी दिए ।