काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष १० नेताले आज मन्त्री पदको सपथ ग्रहण गर्ने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको सहमतिअनुसार आठजना मन्त्री र दुईजना राज्यमन्त्रीले आज साँझ सपथ लिने जसपाका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उनका अनुसार पार्टीले सरकारमा सहभागी हुने १० जनाको नाम बुझाइसकेको छ । उनले भने, ’आज साँझ सपथग्रहण हुने कुरा भएको छ ।’
मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् ।
स्रोतका अनुसार राजेन्द्र महतो, उपप्रधान तथा सहरी विकासमन्त्री, शरतसिंह भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिंचाइ, अनिलकुमार झालाई खानेपानी, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालय र उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्रालय दिइएको छ ।
त्यसैगरी एकवाल मियालाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्य मन्त्री, चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्य मन्त्री दिइएको छ ।




प्रतिक्रिया