काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) का १८ जना केन्द्रीय सदस्यले उपेन्द्र यादवको साथ छोडेका छन् ।
आज काठमाण्डुमा पत्रकार सम्मेलन आयोजना गर्दै १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यसहित २० जनाले उपेन्द्र यादवको साथ छोडेको घोषणा गरेका हुन् ।
यादवको साथ छोड्नेमा विष्णुजंग वस्नेत, बुद्धराज स्यङतान, विष्णु पौडेल, हिरालाल भुजेल, सनज महत, उत्तम अधिकारी लगायत रहेका छन् ।
उनीहरुले उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरम नेपालले पार्टी एकता गर्दा गरेको प्रतिवद्धतालाई लत्याउदै पार्टीलाई केही व्यक्तिको प्राइभेट लिमिटेडको रुपमा चलाएको आरोप लगाएका छन् ।
प्रतिक्रिया