क्यानडाका प्रधानमन्त्रीलाई कोभिड कोरोना संक्रमण पुष्टि


एजेन्सी- क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोलाई कोभिड पोजेटिभ भएको छ । ‘आज विहान मलाइ कोभिड १९ भएको छ । मैले आनन्द अनुभूति गरेको छु ।

यो साता सार्वजनिक स्वास्थ्य निर्देशिका अबलम्बन गरेर टाढै बसेर मैले निरन्तर काम गर्नेछु,’ सोमबार ट्रुडोले ट्विट गरेका छन् । उनले सबै जनालाई कोभिडविरुद्धको खोप लगाउनसमेत आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले कोभिडविरुद्ध खोप लगाइ सकेका छन् । उनले यही ४ जनवरीमा बुस्टर डोज लगाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement